जय आफ्ना साथीहरूसँग खेल्न चाहन्छ । तर ऊ आफ्नो भद्रगोले कोठामा खोज्दा भकुन्डो नै फेला पार्दैन । साथीहरू उसलाई कति बेरसम्म कुर्लान् त ?
सिकूको टाउको माथि फोहोरको बादल घुमिरहेको छ, जसले गर्दा उ संसारकै सबैभन्दा दुखि केटी बन्न पुग्यो । सिकूले कसरी यो भयानक फोहोरको बादलबाट छुटकारा पाउँछ?
यो किताबमा बिरालो विभिन्न अाकारहरू मन पराउँछ । बिरालो र उसका साना मित्रहरू चिन्नुहोस । तिनीहरूका सबै आकारहरू हेर्नुहोस्।
चन्दुको उड्ने सपनामा तपाई पनि जानुहोस् । तपाई के सपना देख्नुहुन्छ?
खुट्टा नभएको गोबी र ठुलो आवाज निकाल्ने स्न्याप सबैभन्दा मिल्ने साथी हुन् । उनीहरु समुद्रको गहिरो ठाउँमा एकसाथ बस्छन्। स्न्यापको ठुलो आवाज निकाल्ने हात देखि गोबी वाक्क हुन्छ , त्यसपछि के हुन्छ होला ?
बालबालिकाहरू सधै आफ्नो अनुभव अरुहरूसंग बाँड्न चाहान्छन। ‘किताब किन्न जाँदा’ ले यस्ता अनुभवहरू कतिसम्म रमाइला हुन्छन भनेर प्रष्ट पार्छन। उनिहरूको अनुभव सुन्नको लागि पसलबाट किताब किन्दै गरेका यी दाजु-बहिनीहरूसंग संगै रहनुहोस्।
By navigating this website, you agree to the storing of cookies on your device to enhance site navigation and analyze site usage.