जय आफ्ना साथीहरूसँग खेल्न चाहन्छ । तर ऊ आफ्नो भद्रगोले कोठामा खोज्दा भकुन्डो नै फेला पार्दैन । साथीहरू उसलाई कति बेरसम्म कुर्लान् त ?
सिकूको टाउको माथि फोहोरको बादल घुमिरहेको छ, जसले गर्दा उ संसारकै सबैभन्दा दुखि केटी बन्न पुग्यो । सिकूले कसरी यो भयानक फोहोरको बादलबाट छुटकारा पाउँछ?
यो किताबमा बिरालो विभिन्न अाकारहरू मन पराउँछ । बिरालो र उसका साना मित्रहरू चिन्नुहोस । तिनीहरूका सबै आकारहरू हेर्नुहोस्।
चन्दुको उड्ने सपनामा तपाई पनि जानुहोस् । तपाई के सपना देख्नुहुन्छ?
बालबालिकाहरू सधै आफ्नो अनुभव अरुहरूसंग बाँड्न चाहान्छन। ‘किताब किन्न जाँदा’ ले यस्ता अनुभवहरू कतिसम्म रमाइला हुन्छन भनेर प्रष्ट पार्छन। उनिहरूको अनुभव सुन्नको लागि पसलबाट किताब किन्दै गरेका यी दाजु-बहिनीहरूसंग संगै रहनुहोस्।
म जस्तो यो संसारमा अरु कोही छ होला त ?
By navigating this website, you agree to the storing of cookies on your device to enhance site navigation and analyze site usage.