Simple concepts, up to 600 words.
आमा जिराफ सधै दिनभरी सुन्तलाको बगैचामा असिनपसिन भएर काम गर्दछ । उसको सानो बच्चा जिराफले घामबार पार पाउनका लागि निकालेको जुक्ति ।
एकादेशमा संसारमा सबै चराहरु सेतो रङका थिए। जादु बाबासंग उनीहरूको रङ परिवर्तन गर्न सक्ने शक्ति थियो । जादू बाबाले के गर्यो होला ?
नन्दी संसारको बारेमा सबै प्रकारका अनौठा चीजहरू सोचिरहेकी छिन् र यो एक साधारण प्रश्नबाट सुरू हुन्छ: यदि…?
हामी मध्ये हरेकको अद्भुत शरीर छ। तर के तपाईंले कहिल्यै यो कुरा सुन्नु भएको छ?
निमा एक दिन पटक्कै खुसी देखिन्नन् । नयाँ जुत्ता, भोला अनि किताप र कलम पाउँदा पनि उनी खुसी हुन्नन् । उनी खुसी नहुनाको कारण के होला त ? के उनी पछि खुसी हुन्छिन् ?
एक फोहोर को डङ्गुर नजिकै केहि बालबालिका बस्दथे। उनीहरु पढ्न बिद्यालय पनि जाँदैन थिए। एक दिन एकजना दिदी आउनुभयो र उनीहरुको जीवन सधैंको लागि परिवर्तन गर्दिनुभयो। दिदी र उनको साथीहरुको बारे यो रमाइलो कथा पढ।
एउटी सानी नानीले उसकी आमालाई चरा डाक्न मद्दत गर्न आग्रह गर्दछ।
‘टोपीवाला’ टोपी बेच्दै हिड्ने एकजना व्यापारीको कथा हो । यो कथा सुन्ने र सुनाउने परम्परामा आधारित छ । थाकेको व्यापारी रूखको छहारीमा निदाउदा बादरले सबै टोपी लगिदिन्छन् । टोपी फर्काउन व्यापारीले गरेको चलाखी खुब रमाइलो छ । सिङ्गो कथा पढी आनन्द लिउँ । राम्रो लागे अरुलाई पनि सुनाउँ ।
टुमीको पार्कमा पहिलो भ्रमण। उनी धेरै उत्साहित छिन्, पार्कमा धेरै साहसिक क्रियाकलापहरू छन्। उनले त्यहाँ नयाँ साथी पनि बनाउन सक्छिन्….
टिन ट्रङ, पुन्टे बस, धेरै लामो यात्रा गर्दछ। ऊ उज्यालो घाम, धुलो, र फोहोर सबैसँग लड्दैपडदै उकाली ओराली गर्छ । अब ऊ कहिले निको होला र आफ्ना यात्रुलाई ओसारपसार गर्ला ?
“जुँगेदाइको कोठा” जुँगेदाइ भन्ने एकजना मानिसको कथा हो । ऊ आफ्नो कोठा सफा राख्तैन । उसको कोठा ठूलो छ तर फोहर छ । उसका सामानहरु जथाभाबी फालिएका छन् । फालिएका सामानहरु ठीक–ठीक ठाँउमा नराखिदिनाले रिसाएका छन्, चिढिएका छन् । जुँगेदाइका सामानहरु आपसमा छेकिने र ठोकिने हुँदा बरोबर बाझ्ने गर्छन्।एक दिन जुँगेदाइका सामानहरुले तिनका आफ्ना जटिल समस्याहरु सुल्झाउने उपायको खोजी गरे । तिनीहरुले जुँगेदाइका खराब बानीबेहोरा बारे सजग पार्दै जुँगेदाइलाई लेख्न पयो भनी कलमसित अनुरोध गरे । कलमले भने जुँगेदाइबाट आफू नसमातिईकन आफूले केही पनि लैख्न सक्तिनँ भन्यो । त्यसबेला जुागे दाइले तिनीहरुको कुराकानी सुटुक्क सुन्छ र उसले आफ्नो गल्ती मनमनै महसुस गर्छ । त्यस दिनदेखि जुँगृदाइले आफ्ना सामानहरु ठीक–ठीक ठाँउमा राख्ने र कोठा सफा गर्ने निधो गर्छ ।
छुनु र मुनु एक चिसो बिहान उठ्छन्। तिनीहरूले आफ्नो न्यानो लुगा पाउन सक्दैनन्! उनीहरूको कपडा कहाँ हुन सक्छ?
चमेली सुनको गहना लगाएर विद्यालय जान थाली । उसमा घमन्ड चढ्न थाल्यो । उसको मन गहना र सतही कुरामा एकोहो रियो । उसका साथीहरू उबाट टाढा हुँदै गए । अनि के भयो त ? जान्नका लागि कथा पढौ ।
By navigating this website, you agree to the storing of cookies on your device to enhance site navigation and analyze site usage.